जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा सम्पन्न

रोशन गुप्ता
बारा, ६ असोज
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा रहेको जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १८ औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । संस्था स्थापना भएको १८ वर्ष पुगेको उपलक्ष्यमा गत वर्ष संस्थाका गतिविधि सम्बन्धी विभिन्न प्रतिवेदनको समीक्षा तथा अनुमोदन सहित १८औँ साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष गोपाल सिंह कँडेलको नेतृत्वमा र बारा क्षेत्र नं ४ (क) बाट प्रतिनिधित्व गर्ने मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको उपस्थितिमा सम्पन्न साधारण सभाले अध्यक्ष सहित विभिन्न प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको हो । रु १ करोड १२ लाख नाफा कमाएको यस संस्थाले आफ्ना शेयरधनीलाई उच्च प्रतिस्पर्धात्मक ब्याजदरमा कर्जा प्रवाह गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ ।

मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीले जनक्लयाणकारी सहकारीले स्थानीय बासिन्दाको हितमा काम गरेको बताए । उनले आर्थिक कारोवारका लागि एउटै सहकारी संस्थामा आबद्ध शेयरधनीको सहभागिता हुनुपर्नेमा जोड दिए । जितपुरसिमरा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख सुधन चौधरीले साधारण सदस्यको जीवन स्तर उकास्न सहकारीको गुणस्तर र परिमाण अभिवृद्धिमा बढी जोड दिनुपर्नेमा जोड दिए ।

जनक्लयाण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना १० जना सम्मानित शेयरधनीलाई सम्मान गरेको छ भने गोमा गिरीले यस वर्षको उत्कृष्ट कर्मचारी पुरस्कार प्राप्त गरेकी छन । वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले पुरस्कार विजेतालाई शुभकामना व्यक्त गरे । 

गोपालसिंह कँडेल अध्यक्ष, गणेशप्रसाद साह कलवार उपाध्यक्ष, कपिलदेव प्रसाद यादव सचिव, गोपालसिंह कँडेल अध्यक्ष, गणेशप्रसाद साह कलवार, महासचिव, गोपाल देव प्रसाद यादव  कोषाध्यक्षमा रहेका छन भने किरणप्रकाश गिरी पुनःनर्विरोध निर्वाचित हुनुभएका छन । १८ औं वार्षिक साधारण सभा कार्यक्रमको सहजिकरण आत्माराम अधिकारीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *