रोशन गुप्ता /
जितपुर, २२ चैत्र
सडक विभागको लापरवाही भनौ या ठेकेदारहरुको गैरजिम्मेवारी भनौ, ई दुई शब्दहरुको कारणले आम जनताहरु धुलो खान र स्वस्थ्य बाचन गारो भएको छ । जितपुरसिमरा उपमहानगरपालिका को अगाडी कै कुरा गर्ने हो भने त्यहाँ सास लिनको लागि पनि १० पटक सोचनु पर्ने हुन्छ । सिमरा को बजनी देखि जितपुरको गढिमाई सम्म प्रदुशीत हवा लिन आम जनताहरु बाध्ये भएका छन ।
यसै लापरवाही को कारण आमजनताहरु सडक मा पटक पटक चक्का जाम गर्न बाध्य भएका हुने गरेको छन । यहाँ सम्म पानी पटाउनको लागि पनि परकाखाई मा बसिराख्नु पर्ने यहाँका स्थानिहरुको भनाई रहेको छ ।

जितपुरमा रोड को विषय लिएर यहाँ पटक-पटक आन्दोलन न भएको होइन तर अति भएको कारणले गर्दा जिपतुरसिमरा उपमहानगरपालिका–३ बजनीमा चक्का जाम त्यहाँ का स्थानिय तथा प्रतिधिनिहरुले गरेको हुन । तर हरेक चोटी भए जस्तो यसपाली पनि ४ बुर्दे सहमति भएई आन्दोलन स्थगित गरिएको हो । यस पाली सडक विभागले ध्यान न दिए कडा भन्दा कडा आन्दोलन गर्ने त्यहाँ का स्थानिहरु तथा प्रतिनिधिहरुको भनाई रहेको थियो ।

बजनीमा गरिएको चक्का जाम जिपतुरसिमरा उपमहानगरपालिका–७ का वडा अध्यक्ष जगरनाथ घिमिरे, आयोजनाको प्रतिनिधि खेम राजभटराई , निर्माण व्यवसायीको तर्फबाट शिव लखन साह, युवा नेता सुनिल कुमार गुप्ता, समाजसेवी देव नरायण चौधरी, समाज सेवी निरु रायमाझी लगाएत स्थानिय तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



