सुरज गुप्ता /
काठमाडौ, २२ चैत्र
नेपाल आयल निगमले फेरी इन्धनको मुल्यमा समायोजन गरेको छ । हाल समायोजन गरिएको मुल्य २ रुपैया प्रति लिटरले डिजेल, पेट्रोल, मटितेल र आन्तरिक हवाई इन्धनको मुल्यमा परिर्वतन गरिएको छ ।
काठमाडौ उपत्यकामा पेट्रोल प्रतिलिटर १२० रुपैया र डिजेल तथा मटितेलको मुल्य १०३ रुपैया प्रति लिटर , आन्तरिक हवाई इन्धनको मुल्य प्रतिलिटर २ रुपैयाले बढाएको जानकारी नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएको हुन ।
समायोजन गरिएको मुल्य आइतवार राती १२ बजे देखि लागु हुनेछ । हाल निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मुल्यमा कुनै प्रकारको फेर बदल गरेको छैन ।

मुल्य समायोजन गरि सक्दा पनि निगमलाई अर्धमासिक ८८ करोड को घाटा भइरहेको उपाध्यायये बताएका हुन । यसको साथै निगमले पेट्रोलमा ७ रुपैयाँ ३९ पैसा , डिजेलमा १ रुपैयाँ ९४ पैसा यसको साथै एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय १८ रुपैयाँ घाटा भइरहेको जानकारी गराएका हुन । निगमले घाटाको रकम इन्धनको मुल्य स्थितरीकरण कोष तथा निगमको संचित नाफा बाट व्यवस्थाप गरिने उपाध्यायले जानकारी साझा गरेको हुन ।

