एजेन्सी /
आइतबार देखि महाराष्ट्र सरकारले राज्यमा भएको कोरोना संक्रमणको तेजी रुपले बढदैगरेको कारणले महाराष्ट्र सरकारले लकडाउन गर्ने तैयारी गरिरहेको छ । लकडाउन शुक्रबार राति ८ बजे देखि बिहान सोमबार विहान ७ बजे सम्म हुने तैयारी गरिरहेको छ ।

यस बाहेक कोरोना भाइरस संक्रमणको रोकथामका लागि निजी कार्यालय, थिएटर र सैलुन आदी माथि ठुलो कडाइको साथ प्रतिबन्ध लगाइएको छ । मुख्यमन्त्री कार्यालयले एक विज्ञाप्तिमा भने यो लकडाउन शुक्रबार राति ८ बजे देखि सोमबार विहान ७ बजे सम्म लागु हुनेछ । बाकी समय १४४ धारा लागु हुने अर्थात निषेधाज्ञा जारी हुनेछ ।

यस विज्ञाप्ति अनुसार मेडिकल स्टोर एवं किराना पसल बाहेक अन्य पसल संचालनमा न आउन र शाँपिंग मल ३० अप्रैल सम्म बन्द रहने छ । यो सबै प्रतिबंध सोमबार दिन देखि लागु हुने छ । यो सबै प्रतिबन्धहरु कार्यान्वयन गर्ने निर्णय मुख्यमन्त्री उदव ठाकरेको अध्यक्षतामा आइतबार भिडियो सम्मेलन मार्फत आयोजित मन्त्रिपरिषदको विशेष बैठकमा गरिएको थियो ।

