बिरगञ्जबाट काठमाण्डौँ जाँदै गरेको बसबाट प्रतिबन्धित लागूऔषधसहित २ जना पक्राउ

बिपना शर्मा /
पर्सा, २२ चैत्र

बिरगञ्जबाट काठमाण्डौँ जाँदै गरेको बसबाट प्रतिबन्धित लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको ना ७ ख ५३४६ नम्बरको यात्रुबाहक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले नागढुंगास्थित चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय अमित कुमार चौरसिया र बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २७ निवासी १९ वर्षीय आजाद अन्सारी रहेका छन । उनिहरुले बोकेको झोलाभित्र लुकाईछिपाई ल्याएको प्रतिबन्धित लागूऔषध फेनारगन, डाइजेपाम, निर्फिन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि वृत्त थानकोट पठाइएको र लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *