रोशन गुप्ता बारा, ८ असोज बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा ३ को वडा कार्यालयले निःशुल्क रुपमा वडावासीलाई स्वास्थ्य परिक्षण संचालन गर्ने भएको छ ।
जितपुरसिमरा उपमहानगरपालिकाको वडा ३ बजनी कार्यालय तथा सामुदायिक आँखा अस्पताल वीरगंजको प्राविधिक सहयोगमा निःशुल्क शिविर संचालन हुने भएको छ । यही असोज १० गते बुधबार विहान १० बजे उक्त कार्यक्रम हुने वडा कार्यालयले जारी गरेको पत्रमा उल्लेखित रहेको छ ।