रोशन गुप्ता
बारा, ८ असोज
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाको वडा २ को सिमरा रङशालामा आयोजित भएको सिमरा तेस्रो अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा आयोजक सिमरा भेट्रान क्लबको विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमै टिमले नवलपरासीको अभिषेक चर्च भेट्रान क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
सो खेलमा राई म्यान अफ दि म्याचु घोषित भएका छन । प्रतियोगिताको उद्घाटन जितपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले गरेका थिए । उद्घाटनका क्रममा नगरप्रमुख पौडेलले समग्र खेल क्षेत्रलाई अगाडि बढाउन उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । सिमरा भेट्रानका अध्यक्ष राज कपुर राउतको अध्यक्षतामा भएको प्रतियोगिता असोज २८ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन । हरेक वर्ष स्व. मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना हुने प्रतियोगितामा यस वर्ष बङ्गलादेश, भारत र नेपाल गरी १२ टिमको सहभागिता रहेको छ ।

