रोशन गुप्ता
बारा, ९ असोज
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा नवनिर्मित होटल प्यारोट रेष्टुरेन्ट एण्ड लज सञ्चालनमा आएको छ । भीमेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष समेत रहेका उद्यमी पेशल मुल्मीले स्वास्थ्य र उत्कृष्टता दुवैलाई प्राथमिकतामा राखेर उत्कृष्ट सेवा, मनमोहक खाना र आरामदायी आवास प्रदान गर्ने उद्देश्यले यो स्थापना गरेका हुन ।
विदेशी आम्दानी स्वदेशमै लगानी गर्ने प्रमाणका रुपमा होटल स्थापना गरिएको हो । होटलका सञ्चालक पेशल मुल्मीले विभिन्न क्षेत्र र विदेशका नेपाली पर्यटकलाई ध्यानमा राखेर जङ्गलको दृश्यावलोकन गर्ने सुविधा सहित मिठा पकवानको स्वादको आन्नद लिन सक्ने छन । करोडौं रुपैयाँको पर्याप्त लगानीरहेको यस होटलमा डिलक्स रुम, डाइनिङ हल र सेमिनार हल रहेको छ, जसले पाहुनाका लागि सुविधासम्पन्न र प्रिमियम अनुभव प्रदान गर्दछ ।
पथलैयामा अहिले पारिवारिक मैत्री, सुविधासम्पन्न होटलको अभाव छ, जसले एकसाथ गुणस्तरीय समय बिताउन सकोस उदेश्यले होटल स्थापना गरिएको हो । होटल सञ्चालक पेशल मुल्मीले आफ्ना १०४ वर्षीय बुबालाई रिबन काट्न निमन्त्रणा दिएपछि मंगलबार होटलको औपचारिक उद्घाटन भएको हो । समारोहमा उद्योगपति, शिक्षाविद्, सञ्चारकर्र्मी र स्थानीय बासिन्दा लगायत विविध श्रोताको उपस्थिति थियो ।

