रोशन गुप्ता
बारा, १० असोज
बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ बजनीले निःशुल्क आखा तथा दात चेकअप शिविरको आयोजना गरेको छ । वडामा रहेका दीर्घरोगी आखा तथा दातका समस्यामा भएकालाई लक्षित गरी बजनी वडाले निःशुल्क शिविरको आयोजना गरेको हो । यस निःशुल्क शिविरबाट करिब १०० जना दीर्घरोगीहरु लभानवित भएका छन ।
वडा अध्यक्ष तारा बहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्याक्रममा वीरगंज सामुदायिक आँखा केन्द्र डेन्टल क्लिनिक को प्राविधिक सहयोगमा एक दिने निःशुल्क कार्यक्रम संचालन भएको छ । आखाका दीर्घरोगीहरु जस्तै मोतिया विन्दु भएकाहरुलाई निःशुल्क शल्यक्रिया तथा चस्ममा २० प्रतिसत छुट र सोको भुक्तानी वडाबाटै गरिने वडा अध्यक्ष तारा बहादुर कार्कीले कार्यक्रम विच बताएका छन ।
वडाले स्वास्थ्यको क्षेत्रमा विभिन्न संघ संस्थासंग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको प्रति बारा क्षेत्र नम्बर ३ का सासद माननिय ज्वाला शाहले प्रशंसा गर्नुभएको छ ।
शिविरमा आएकाहरुलाई स्वास्थ्य सेवासंगै शल्यक्रिया निःशुल्क गरिने जानकारी पाउदा स्थानिय धेरै खुसी भएका थिए । आखाको शल्यक्रिया गर्नुपर्ने भएमा वडाको समन्वययमा वीरगंज सामुदायिक आँखा केन्द्र डेन्टल क्लिनिकले निःशुल्क गरिदिने भएको छ ।
वडा ३ बजनीले यो भन्दा अगाडी पनि विभिन्न प्रकारका शिविरको आयोजना गर्दै आएको छ । वडाको सर्वाङिग विकाससंगै सर्वसाधारणलाई स्वास्थ्यको पहुच पुयाउनु पनि जनप्रतिनिधिहरुको कर्तव्य हो, अन्य वडाभन्दा बजनी ३ वडा कार्यालय धेरै अगाडी रहेको स्थानियले वडाको प्रशंसा समेत गरेका छन ।

