सिमरा भेट्रान क्लब अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

रोशन गुप्ता

जितपुर, ११ असोज

बाराको सिमरामा जारी तेस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० को फाइनल खेलमा सिमरा भेट्रान क्लब प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा बुधबार भएको पहिलो सेमिफाइनलखेलमा चाबहिल स्पोट्र्स क्लबले काठमाडौंलाई ३–२ गोलअन्तरले पराजित गरेको हो । गोपीप्रसाद भट्टले दुई तथा मित्रबहादुर बस्नेतले एक गोल गरे ।

आयोजक टोलीले पहिलो हाफमा एक पटक गोल गरेको थियो भने दोस्रो हाफमा थप दुई गोल थपेको थियो । चाबहिलले उत्कृष्ट प्रदर्शन गरे पनि खेलको अन्तिम मिनेटमा दुई गोल मात्र गर्न सफल भएको थियो । खेलको म्यान अफ दि म्याच गोपीप्रसाद भट्ट घोषित भए भने जितपुर सिमरा उपमहानगरपालिका–१६ का वडाध्यक्ष हरिदेव खरेलले ट्रफी उनलाई ग्रहण गराएका थिए ।

आजको खेल तालिकामा दुई खेल हुनेछन । पहिलो खेलमा पोखरा भेट्रान कास्कीले फ्रिडम फाइटर काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा युनिटी भेट्रान वीरगञ्ज र कलकत्ता भेट्रान इन्डियाबीच प्रतिस्पर्धा हुनेछ । पोखरा भेट्रान कास्कीले अघिल्लो खेलमा बाई पाएको थियो भने एफसी भेट्रान्स बंगलादेशले अध्यागमन विभागसँग प्राविधिक कारण देखाउँदै अन्तिम समयमा अनपेक्षित रुपमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।

मञ्जुदेवी गुप्ताको स्मृतिमा आयोजना हुने प्रतियोगिता यही असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ टिमको सक्रिय सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार प्राप्त गर्ने सिमरा भेट्रान क्लबका अध्यक्ष राजकपुर राउत विजयले जानकारी दिए ।

प्रतियोगितामा बङ्गलादेश भेट्रान्स क्लब, क्लेबहाउस भेट्रान्स क्लब कलकत्ता, दार्जिलिङ भेट्रान्स क्लब, मोरङ भेट्रान्स क्लब, चितवन भेट्रान्स क्लब, इन्द्राणी एकीकृत विकास केन्द्र पोखरा, चाबहिल भेट्रान्स क्लब काठमाडौँ, फ्रिडम फाइटर भेट्रान्स क्लब काठमाडौँ, वीरगञ्ज युथ एकेडेमी, अभिषेक चर्च भेट्रान्स क्लब नवलपरासी, नव जनजागृति भेट्रान्स क्लब सिमरा र आयोजक समितिको सहभागिता रहेको छ ।

प्रतियोगितामा जितपुर सिमरा उपमहानगरपालिकाका २४ वटै वडा कार्यालय, हुलास स्टिल, सूर्य नेपाल, नारायणी रोलिङ मिल, नबिल बैंक, युआर गोल्ड प्रिमियम स्पाइस टी, अशोक स्टिल, अल्पाइन अस्पताल, एभरग्रीन तराई सिमरा अस्पताल, एलएस न्यूरो अस्पताल, वीरगञ्ज वर्डलिंक, बारा जिल्ला फुटबल संघ, नव जनजागृति युवा क्लब, सुसाप्ता मेडिकल, युआर अटोमेटिक लन्ड्रीलगायत विभिन्न सङ्घसंस्थाको सहयोग रहेको छ ।  सगरमाथा इन्स्योरेन्स, र वर्डलिंक लगायतका संघसंस्थाको सहयोग रहेको प्रतियोगिता संयोजक हरी चौधरीले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *