रोशन गुप्ता
बारा, २८ असोज
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ७ जीतपुरमा हरेक वर्ष झै यस वर्षपनि श्री दुर्गा पुजा भोली देखि हुने तैयारी पुरा भएको श्री दुर्गा पुजा समिति पत्रकार सम्मेलन गर्दै जनाएको छ । पुजा समितिले पुजा संगै रावण बध कार्यक्रम पनि आयोजना पनि गर्ने छ ।
विजयदशमीको अन्तिम दिन रावनको कृतिम प्रतिमा निर्माण गरी बध कार्यक्रमको आयोजना गरिने छ । १४ वर्षको वनवास पछि भगवान श्रीरामले रावण बिरुद्ध असत्य माथि विजय प्राप्तको सम्झनामा जीतपुरमा रावन दहन कार्यक्रम रहेको श्री दुर्गा पुजा समितिका अध्यक्ष संतोष कुमार साहले बताएका छन ।
पुजा समपन्न गर्न करिब ८ लाखको अवश्यकता पर्ने समितिले बताएको छ । वडा अध्यक्ष सुनिल कुमार गुप्ताले अवश्यक्ता अनुसार सहयोग गर्ने कार्यक्रम बिच साहले बताएका छन ।
समितिका अनुसार भोली ७ बजे देखि बृहत कलश यात्रा निकालीने आयोजना रहेको छ । नवरात्री गर्ने सबैलाई पुजा स्थल शन्ति टोलको खेलकुद मैदानमा भाली विहान ७ बजे उपस्थित भई दिनुहुन पुजा समितिले आग्रह गरेको छ ।

