पेट्रोलमा प्रतिलिटर ११ रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँले घटयो

रोशन गुप्ता
जीतपुर, २८ असोज
नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्य रात देखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त मूल्य नयाँ मुल्य घटेर आएको कारणले निगमले यो मूल्य समायोजन गरेको हो ।


पछिल्लो समायोजन पछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *