SLF खबर सम्वाददाता /
पर्सा, ३० चैत्र
पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–१ स्थित तिनडुवियानका एक किसाको गहुँको खेतमा बेवारिसे अवस्थामा १५ केजी चरेस भेटिएको छ ।
प्रतिबन्धित लागुऔषध दुईवटा बोरामा पोको बनाई गहुको खेतमा फालिएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताएका हुन ।

प्रतिबन्धित लागुऔषध दुई बोरा चरेश मकवानपुर तिरबाट भारत पुप्याउन को लागि ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको हुन ।
१५ केजी चरेश कसले गेहुँको खेतमा फालेको हो भने अहिले सम्म खुलन सकेको छैन । हाल अहिले चरेश फाल्ने बारे अनुसन्धान जारी रहेको छ ।


