रोशन गुप्ता /
बारा, २९ चैत्र
जीतपुरसिमरा उपमहानगरपालिका–७ को जितपुरमा अवस्थित ड्रिम ताजमा युवा नेता अफताब आलम ज्युले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थिए । हालै सम्मपन्न भएको पत्रकार महासंघको निर्वाचनमा विजयी भएका सम्पुर्ण पत्रकारहरुलाई नेता आलमले हार्दिक शुभकामना तथा उत्तरो–उत्तरो प्रगतिको कामना गरेको हुन ।

यस कार्यक्रममा युवा नेता अफताब ज्युले यस क्षेत्रबाट जितेका ५ पत्रकारहरुलाई स्वागत गर्नुभएको हुन । बारा पत्रकार महासंघको कोषा–अध्यक्षमा निवाचित श्याम गुप्ता, सह–सचिवमा रन्जन यादव केन्द्रीय परिषद सदस्यमा निर्वाचित गम्भिरा सहनी र प्रदेश नम्बर २ बाट प्रदेश परिषदमा निर्वाचित मनोज कुमार साह ज्युलाई यसै कार्यक्रममा सम्मान सहित स्वगत गरिएको थियो ।

सबै पत्रकारहरु एकजुट हुन तथा पाईलामा पाईला मिलाई आगाडी बढे देशबाट घुस खोरी अनत्य हुनेछ । सथै एक अर्काे सम्पर्कमा रहिरहन तथा जरुरी परेको ठाँउमा सहयोग गर्ने अवधारण लिइ अगाडी बढनु पर्नेहुन्छ । हाम्रो भोजपुरीमा एउटा भनाई रहेको छ “घर टुटे घवार लुटे” भनेझै एक आपसमा प्यार बढाउनुहोस भन्दै युवा नेता अफताब आलम ज्युले अनुरोध गर्नुभएको थिए ।

यस कार्यक्रम प्रदेश नम्बर २ को प्रदेश सदस्यका उमेदवार अनिल तिवारी, संचारकर्मी रोशन गुप्ता, विशाल सर्राफ, ड्रिम ताजका संचालक विनोद प्र. गुप्ता ज्युको उपस्थिीति रहेको थियो । कार्यक्रमका संचालन शिव पटेलले गरेको थिए ।

