छापामारी गर्ने पुगेका प्रहरी इंस्पेक्टर को हत्या

ऐजेन्सी /
भारतको विहार स्थित किशनगंज जिल्ला बाट आएको यस समाचारले सबैको मनमा डर उत्पन्न गरेको छ । बंगालको सिमानामा छापा मार्न पुगेका किशनगन्ज टाउन पुलिस प्रहरी इंस्पेक्टरको निर्मम हत्या भएको छ ।

उक्त घटना भएको हो जब किशनगन्ज टाउन प्रहरी चौकीका अध्यक्ष अश्वीन कुमार आफ्नो टोली सहित बंगालको बनपारा निजीक अवस्थीत किसनगंज नजिकैको हो । चोरी गरि फरार भएका अपराधी लाई समात्न शुक्रबार राती छापा मार्न पुगेका थिए । जानकारी का अनुसार यो घटना माँब लिंचिंग को रहेको थियो ।

यस घटनाको कारणले प्रहरीहरुमा हडकंप मचेको छ । घटना बारे जानकारी पाए लगतै प्रहरी टोली त्यहाँ पुगेका छन । वरिष्ठ प्रहरी अधिकारी पूर्णिया आईजी सुरेश चौधरी र एसपी कुमार आशीष घटनाको सुचना पाएपछि घटना स्थल पुगेको थिए ।

प्रहरीको शवलाई पोष्टमार्टमका लागि इस्लामपुर अस्पतालमा पुर्याइएको र प्रहरीको उपस्थितिमा शवको पोष्टमार्टम भइरहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *