इलाका प्रहरी कार्यालय देखि करिब २०० मिटर भित्र रहेको बजारमा मध्य रातको समयमा चोरी भएको छ । जीतपुरमा चोरी भएको यो कुनै नौलो कुरा नभएको स्थानियले बताए ।
बजारमा बिगत केही वर्ष देखि घडी पसल संचालन गर्दैआएका शेषनाथ साह तेलीको पसल बाट करिब १ लाख ५० हजार बराबर मुल्य बराबरको घडी र नगद ४० हजार चोरी भएको पिडितले बताएका छन । पसलको सटरमा लगाएको ताला फोडेर उक्त समाग्री चोरी भएको संचालकले जानकारी दिएका छन ।
यसै गरी बजारमा रहेको विश्नु अधिकारीको कपडा पसल, उमेश प्र. कानुको शु पसल , संगम शु सेन्टरको ताला तोडीएको जानकारी स्थानियले गराएका छन ।
व्यवसायीहरु असुरक्षित रहेको भन्दै उनीहरुको सुरक्षाको माग सहित प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका छन । घटनामा संलगन रहेका जोकोहीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन व्यवासायीहरु माग गरेका छन ।
प्रहरीको लापरबाही र नियमित गस्तीको कमीका कारण चोरी भएको स्थानीयवासीको भनाइ छ । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश खडकाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

