बारामा ५ लाख नगद सहित एक वडा अध्यक्ष अख्तियारको नियन्त्रणमा, सुनियोजित तरिकाले फसाइएको आरोप

आर के गुप्ता
जीतपुर–२ पुस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाको टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई नगद रु ५ लाख सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । अख्तियारको टोलीले जीतपुरस्थित जयसवाल होटेलबाट कार्कीलाई नगदसहित पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रवक्ता गोविन्दप्रसाद गौतमका अनुसार सेवाग्राही सँग रकम लिएको आरोपमा कार्कीलाई पक्राउ गरिएको हो । गौतमले भने, सेवाग्राहीबाट सिफारिसको बदलामा रकम लिएको भन्ने आरोप लागेको छ । हामी अहिले अनुसन्धान गरिरहेका छौं । 


सिमराका राजन उप्रेतीले वडाध्यक्ष कार्कीलाई उक्त रकम दिएको दाबी गरे । कार्कीले आफूसँग घर सिफारिसका लागि रकम मागेपछि आफूले अख्तियारको सहयोग मागेको उप्रेतीले बताए ।


वडाध्यक्ष कार्कीले आफूलाई सुनियोजित योजनामा फसाइएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *