निजगढमा कृषि अध्ययनरत विधार्थीले २६ प्रजातिका ११८ विरुवा रोपे

आर के गुप्ता
बारा, ४ पुष
बारा जिल्लाको निजगढ नगरपालिका वडा ७ स्थित रहेको श्री गौरी शंकर माध्यमिक विधालय अन्तरर्गत कृषी अध्ययनरत विधार्थीले विधालयको प्राङगणमा आज वृक्षारोपण कार्यक्रम गरेका हुन ।

यस कार्यक्रम अन्तर्गत २६ प्रजातिका १ सय १८ वटा बोटविरुवा रोपिएको छ । कोटोन, साईकस, रोयलपाम, अफ्रिकन टुलिप, प्रिकंट्रमपेट, निलमोर, गुलमोर आदी प्रजाति रहेको जानकारी विधालयका प्रधानाध्यापक बद्रीनाराण झाले बताएका हुन ।


कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष रवि कुमार वर्तौला सदस्यहरु थानेश्वर सापकोटा , पेमा धेम्चो, रमा अधिकारी, टिकामाया लामा, शिक्षक अभिभावक संघ (पि टि ए) का अध्यक्ष दिपक सापकोटा, सदस्यहरु नरनाथ गौतम, शारदा दडका, हरि फुयाल, प्रविण उप्रेति, तिलक अधिकारी तथा विधार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *