आर के गुप्ता
रौतहट–४ पुस
रौतहटको मौलापुर नगरपालिकामा “निःशुल्क विद्युत र निःशुल्क पानी” कार्यक्रमअन्तर्गत आज स्थानीय बासिन्दाका लागि घरायसी तथा कृषि सिँचाइ मिटरको सम्पूर्ण शुल्क भुक्तानी गरिएको छ । नगरप्रमुख रिना साह, उपप्रमुख नागेन्द्र यादवलगायतले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख दिनेश यादवलाई आर्थिक वर्षका लागि रु २ करोड ६६ लाखको चेक हस्तान्तरण गरेका हुन । नगरप्रमुख रिना साहको नेतृत्वमा करिब चार वर्षअघि शुरु भएको यो अभियानले समुदायबाट प्रशंसा बटुल्दै आएको छ र अहिले यो नेपाललै भरी नै चर्चाको विषय बनेको छ ।
स्थानीय बासिन्दा हरिशारदा यादवले नगरप्रमुख रिना साहको जनकेन्द्रित पहलकदमीको प्रशंसा गर्दै कार्यक्रमले सर्वसाधारणमा उल्लेखनीय राहत र उत्साह ल्याएको बताउनुभयो । मौलापुरमा शिक्षा, स्वास्थ्य र यातायातका क्षेत्रमा भएका विकास प्रयासहरू छिमेकी नगरपालिका र मधेसभरि नै केन्द्रित भइरहेकाले यसको सकारात्मक प्रभाव स्थानियले बताएका छन ।
नगरप्रमुख रिना साह र नगरपालिका परिवारले गरेको प्रशंसनीय कार्यप्रति व्यापक कृतज्ञता व्यक्त गर्दै यादवले यस्ता लोकप्रिय र जनपक्षीय गतिविधिका लागि जति प्रशंसा रे पनि पुग्दैन भन्नुभयो । उनले आगामी दिनमा पनि निरन्तर सकारात्मक पहल काम गर्दै समुदायको आकाङ्क्षा पूरा गर्न मेयर साहको २०८४ को चुनावमा पनि जित निश्चित रहेको विश्वास व्यक्त गरे ।

