जीतपुर प्रहरी कार्यालय छेउकै चार पसलमा चोरी, लाखौँ नगद लुटे

आर के गुप्ता
जीतपुर–२७ मंसिर
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजारमा प्रहरी बिट नजिकै रहेको चार वटा पसलमा लाखौँको चोरी भएपछि प्रहरी प्रति स्थानिय व्यवसायीहरु आक्रकोशित रहेका छन ।

इलाका प्रहरी कार्यालय देखि करिब २०० मिटर भित्र रहेको बजारमा मध्य रातको समयमा चोरी भएको छ । जीतपुरमा चोरी भएको यो कुनै नौलो कुरा नभएको स्थानियले बताए ।


बजारमा बिगत केही वर्ष देखि घडी पसल संचालन गर्दैआएका शेषनाथ साह तेलीको पसल बाट करिब १ लाख ५० हजार बराबर मुल्य बराबरको घडी र नगद ४० हजार चोरी भएको पिडितले बताएका छन । पसलको सटरमा लगाएको ताला फोडेर उक्त समाग्री चोरी भएको संचालकले जानकारी दिएका छन ।


यसै गरी बजारमा रहेको विश्नु अधिकारीको कपडा पसल, उमेश प्र. कानुको शु पसल , संगम शु सेन्टरको ताला तोडीएको जानकारी स्थानियले गराएका छन ।
व्यवसायीहरु असुरक्षित रहेको भन्दै उनीहरुको सुरक्षाको माग सहित प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराएका छन । घटनामा संलगन रहेका जोकोहीलाई पक्राउ गरी कडाभन्दा कडा सजाय दिन व्यवासायीहरु माग गरेका छन ।


प्रहरीको लापरबाही र नियमित गस्तीको कमीका कारण चोरी भएको स्थानीयवासीको भनाइ छ । इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश खडकाले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *