जीतपुरसिमरा उपमहानगरपालिकाको १०औँ नगरसभाका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जनप्रतिनिधिलाई कारवाहीको माग गर्दै सचेत नागरिक समाजले ध्यानाकर्षणपत्र बुझाएको छ ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई बुधबार ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्न नगरसभाका सदस्यलाई कानूनी कारवाही र तोडफोड गर्नेलाई क्षतिपूर्ति को माग गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ, राज्यको सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधिले यही असार १० गते तेस्रौ बैठकमा प्रहरी प्रशासनको रोहवरमा घटेको घटना खेदजनक र निन्दनीय छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख प्रशासकीय अधिकृत काफ्लेले नगरसभाव्यवस्थापनमा कमीकमजोरी रहेको स्वीकार गर्दै भविष्यमा यस्ता समस्या आउन नदिन ध्यान दिइने बताए । उनले सार्वजनिक सम्पत्तिको क्षतिपूर्तिसम्बन्धी कानूनी प्रक्रिया बुझेर अघि बढ्ने बताइन ।