कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु

रोशन गुप्ता 

बारा, १२ असार

कपिलवस्तुमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको यशोधरा गाउँपालिका–८ भैसहियाका २२ वर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका वडा १० धनकौलीका १८ वर्षीय राजु ठाकुर रहेका छन । 

कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलका अनुसार, बुधबारको दिन दुबै जना खेतजाने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्युभएको हो । 

दुवैजनाको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टका लागि लगिएको थियो । पोष्टमार्टम पछि शव दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको पौडेलले बताए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *