बारामा राहुल यादवले ल्याए एसइइमा शतप्रतिशत अंक, नगर प्रमुखले गरे सम्मान

रोशन गुप्ता 

बारा, १४ असोज

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा २ सिमरामा एक विधार्थीले २०८० सालको माध्यमिक परिक्षा (एसईई) बारामै उत्कृष्ट नतिजा ल्याएका छन । शतप्रतिशत अंक ल्याउने विधार्थी राहुल यादव सिमरा कै व्राईट एकेडेमी सिमरा अध्ययनरत थिए ।

नगर प्रमुख राजन पौडेलले यादवलाई खाँदा लगाएर सम्मान तथा उज्वल भविश्यको कामना समेत गरेका छन । एसईईमा सफल विधार्थीलाई आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन सुझाव दिँदै नम्बरको आधारमा भन्दा पनि रुचिको आधारमा आगामी अध्ययनको विषय छनौट गर्न सुझाव दिए । वहाँले पालिकामा शिक्षा प्रति विशेष ध्यान केन्द्रीत रहेको हुदा कसैले पनि कतैबाट पनि कुनै कर्मचारीको कमीकमजोरी पाए तुरुनतै कारवाही गरिने बताए ।

बारामा एसईईमा समुदायिक तर्फ देख्ने हो भने श्री ३ चन्द्र माध्यमिक बिधालय कलैयाका बिधाथी महेश कुमारले ३.९१ जिपिए ल्याएका छन । बारामा साधारण नियमित तर्फ कुल ८ हजार ७ सय ४३ विधार्थीहरुको सहभाथीता रहेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *