रोशन गुप्ता
बारा, १५ असोज
मुलुक सङ्घीयतामा गइसकेसँगै तत्कालीन जिल्ला कृषि विकास कार्यालयलाई कृषि ज्ञान केन्द्रमा रूपान्तरण गरी कृषिलाई स्थानीय अधिकार क्षेत्रभित्र राखिएको छ ।
तर, जिल्लाका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको विकास निर्माणका लागि बजेट र योजना निर्माणमा व्यस्त हुँदा धान दिवस मनाउन खासै चासो देखाएका छैन्न ।
यसै क्रममा बाराको प्रसौनी गाउँपालिकामा आज राष्ट्रिय धान दिवस पालिकाको सबै वडाहरुमा धुमधामले मनाइएको छ । यसै पालिकाको कृषि शाखाको आयोजनामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पालिका अध्यक्ष बिनोद जैसवाल तथा किरण साहले धान रोपेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष विनोद जैसवालले स्थानीय किसानलाई आफ्नो जमिन बाँझो नराख्न र खेतीका लागि प्राङ्गारिक मलको प्रयोग गर्न सुझाव दिए । धान आयातको आवश्यकता लाई कम गर्ने उद्देश्यले धान उत्पादन बढाउन आधुनिक कृषि प्रविधिको महत्वमा उनले जोड दिए । उहाले गाउँपालिकाभित्रका बाँझो जमिन भएका किसानलाई वडाबाट प्राप्त हुने सहयोग रोकिने बताए ।

