गत जेठको अन्त्यमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनपछि यादवले संगठन सुदृढीकरणमा केन्द्रित रहेर चार महिने अभियान सुरु गरेका हुन । विशेषगरी सरकार नेतृत्वको गुटका कारण पार्टी विभाजन भएको परिप्रेक्ष्यमा सचेतना जगाउने र जनपरिचालन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको उनले बताए ।
उनले भने, “अभियानपछि हामी संगठनलाई बलियो बनाउन केन्द्रित हुनेछौँ र तेस्रो चरणमा जनताका समस्या समाधानका लागि सडक आन्दोलन सुरु गर्नेछौँ ।”
जनता र सरकारबीच मध्यस्थता गर्न सक्रिय भूमिका निर्वाह गर्न जसपा नेपाल तयार रहनुपर्नेमा यादवले जोड दिए । उनले पार्टी विभाजनसम्बन्धी निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा सर्वोच्च अदालतले छिट्टै फैसला सुनाउने अपेक्षा गरिएको छ ।

