बिहान ७ बजे भएको पहिलो खेलमा भेट्रान क्लब पोखराले हाम्रो धरान भेट्रान फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित गरेको हो । पोखराका सञ्जयकुमार गुरुङ, विश्वलाल श्रेष्ठ र तेजबहादुर थापाले पेनाल्टी सुटआउटमा गोल गरे भने विकर्ण श्रेष्ठ र पूर्णबहादुर गुरुङले गोल गर्न सकेनन् । धरानका लागि पदमकुमार राई र अशोक राईले गोल गरे पनि कुमार तामाङ, मणिराज लिम्बु र निर्मल तामाङले पेनाल्टी सुटआउटमा गोल गर्न सकेनन् ।
धरानका लागि सतिश केसीले दुई गोल गरे भने पोखराका लागि निलेन्द्र देवान र राजकुमार घिसिङले बराबरी गोल फर्काए । दोस्रो खेलमा ओमपालसिंह बस्नेत (२) र दिलकुमार कार्कीको गोल तथा राजेन्द्र थापाको गोलको मद्दतमा न्यू जनजागृति भेट्रान क्लब सिमराले हेटौडा भेट्रान क्लबलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
तेस्रो खेलमा क्लाइभ हाउस भेट्रान क्लब कोलकाताले चितवन भेट्रान क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै ५८औं मिनेटमा विजय अधिकारीले विजयी गोल गरे । फाइनल खेलमा युनाइटेड बतासिया भेट्रान क्लब दार्जिलिङले वीरगञ्ज सिटी फुटबल क्लबलाई ३–१ ले हरायो भने दार्जिलिङका सुदीप राई, नोर्बु लामा र ग्याल्सेन लामाले गोल गरे भने वीरगञ्जका लागि सुरेश श्रेष्ठले गोल गरे ।
प्रतियोगिताको क्वाटरफाइनल खेल बिहीबारदेखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा सिमरा भेट्रान क्लबर कटारी टाइगर फुटबल क्लब तथा दोस्रो खेलमा रियल फ्रेण्ड भेट्रान सिक्किम र सरस्वती नगर भेट्रान क्लब काठमाडौं भिड्नेछन । तेस्रो खेलमा क्लाइभ हाउस भेट्रान्स क्लब कोलकाता र युनाइटेड बतासिया भेट्रान क्लब दार्जिलिङ तथा अन्तिम क्वाटरफाइनलमा भेट्रान क्लब पोखरा र नव जनजागृति भेट्रान क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सिमरा भेट्रान क्लबको आयोजनामा हुने प्रतियोगिताको फाइनल खेल असोज ५ गते हुनेछ । प्रतियोगिताको विजेताले रु ३ लाख र उपविजेताले रु १ लाख ५० हजार प्राप्त गर्नेछन ।