भारी वर्षाको जोखिमका कारण दुर्घटना हुन नदिन आज भोली रात्रिकालीन बस नचलाउन आग्रह

रोशन गुप्तो

बारा, ११ असोज

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरएमए) ले आज र भोलि रात्रिकालीन बस सेवा सञ्चालन नगर्न सुझाव दिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी चार दिन आज देखि आइतबार सम्म भारी वर्षाको सम्भावना रहेकाले हिमाली तथा पहाडी भू–भागमा उच्च जोखिम को सम्भावना रहेको जनाएको छ ।

यसको जवाफमा प्रि–मनसुन पूर्व तथा कमाण्ड पोष्टले यात्रुको सुरक्षाका लागि रात्रिकालीन बस सञ्चालन स्थगन गर्ने निर्णय गरेको छ ।

यसका साथै एनडीआरएमएले धान काट्ने किसानलाई तत्काल आफ्नो बाली सुरक्षित गर्न चेतावनी दिएको छ भने तराई–मधेशका किसानलाई वर्षाबाट हुने क्षतिबाट जोगाउन भुइँतलामा बाली भण्डारण नगर्न सुझाव दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *