हरपूरमा छठ पर्वको तयारी, वडाध्यक्ष अंसारीद्वारा ५० हजार बजेट विनियोजन

SLF KHABAR
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपूरमा हरेक वर्षझैँ यस वर्ष पनि छठ पर्वलाई भव्य र आकर्षक बनाउने उद्देश्यले बजेट विनियोजन गरिएको छ।

वडाध्यक्ष सुलतान अंसारीज्यूले छठ पर्वको सौन्दर्यकरण तथा छठ घाटको सजावटका लागि वडा स्तरीय बजेटबाट ५० हजार रुपैयाँ छुट्याएका छन्।

वडाध्यक्ष अंसारीका अनुसार छठ पर्व स्थानीयहरूको आस्था र संस्कृतिसँग जोडिएको महत्वपूर्ण पर्व भएकाले यसको व्यवस्थापन र सजावटमा हरेक वर्ष प्राथमिकता दिँदै आएको छ।

यस वर्ष पनि घाटलाई भिलिमिली र आकर्षक बनाइने भएपछि स्थानीयवासीहरूले वडाध्यक्षको पहलको स्वागत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *