पर्सा जिल्लाको विरगंजमहानगरपालिका वडा नं २१ म रहेको श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विधालयमा सुखचैनामा अध्ययनरत २ सय ५५ छात्रा तथा विधार्थीलाई आज एक कार्यक्रमको विच छात्रवृत्ति वितरण गरिएको छ ।
विधालयमा अध्ययनरत छात्रा तथा दलित विधार्थीहरुलाई आज एक कार्यक्रमको विच वडा अध्यक्ष राधाकृष्ण साह रौनियारले कक्षा १ देखि ८ सम्मका विधार्थीहरुलाई जनही नगद ४०० को दरले छात्रावृत्तिको रकम वितरण गर्दै उज्यालो भविश्यको कामना समेत दिएको विधालयका प्रधानाध्यापक अरविन्द लालाले बताएका छन ।
उक्त कार्यक्रम प्रधानाध्यापक लालाको अध्यक्षतामा समपन्न भएको थियो । कायक्रममा विधालय व्यवस्थापन समितिका सदस्य सरोज यादव , विधालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष जितेन्द्र कुर्मी तथा शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।