नगरप्रमुख पौडेलले प्रदूषण गर्ने ११ उधोगलाई पत्र सहित कडा चेतावनी

रोशन गुप्ता
बारा, १७ फागुण
जीतपुरसिमरा उपमहानगरपालिकाले प्रदूषण नियन्त्रणका लागि ११ उद्योगलाई कडा चेतावनी दिएको छ । नगर क्षेत्रभित्रका उद्योगहरुमा नन्दन घी एण्ड आयल इन्डस्ट्रिज प्रा.लि बजनी, शिवशक्ति घ्यू एण्ड आयल इण्डष्ट्रिज जितपुर, गणपति वनस्पति प्रा.लि बजनी, कोहिनूर टेक्सटाइल इन्डस्ट्रिज प्रा.लि, नेपाल सेरामिक इन्डस्ट्रिज प्रा.लि, नेपाल स्टोनक्स कम्पनी प्रा.लि, जगदम्बा स्टिलस प्रा.लि सिमरा, हुलास स्टिल इन्डस्ट्रिज सिमरा, नारायण एल लर्डर्स इन्डस्ट्रिज प्रा.लि र अशोज स्टील इन्डस्ट्रिज बजनी रहेका छन । प्रशासनिक स्वीकृति विना नै सोझै नजिकैको खोलामा फोहर मैला र फोहर फाल्ने गरेको पाइएपछि उक्त निर्देशन आएको हो ।

नगरप्रमुख राजन पौडेलले यस्ता गतिविधिले वातावरणीय सन्तुलनमा खलल पु¥याउने भन्दै तत्काल सुधारात्मक कदम चाल्न माग गरेका छन । उनले उद्योगहरूलाई फोहोर पानीका लागि उचित प्रशोधन प्रणाली स्थापना गर्न, वातावरणीय मापदण्डहरूको पालना गर्न र नियमहरूको पालना सुनिश्चित गर्न आग्रह गरे । उनले यसको पालना नगरे कानूनी कारवाही हुने चेतावनी दिएका छन ।
वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ई पुष्प सिंहले उद्योगलाई पत्र लेख्दै वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७८ को दफा १५ बमोजिम उल्लङ्घन गरेमा ४५ दिनसम्म कैद वा रु ४५ हजारसम्म जरिबाना गर्न सक्ने व्यवस्था भएअनुसार कडा कदम चाल्ने चेतावनी दिएका छन । उपमहानगरपालिकाले समयमै सुधार गर्न आग्रह गर्दै पालना नगर्नेलाई थप परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *