प्रसौनी गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, ४१ करोड १ लाखको बजेट प्रस्तुत

SLF KHABAR
बारा — प्रसौनी गाउँपालिका, बारामा सोमबार १७औं गाउँसभा अधिवेशन सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।

सभामा अध्यक्ष विनोद प्रसाद जैसवालको अध्यक्षता, उपाध्यक्ष किरण देवीको सहभागिता तथा प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर साहसहित स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

गाउँसभामा कुल ४१ करोड १ लाख रुपैयाँको बजेट प्रस्ताव गरिएको छ।

अध्यक्ष जैसवालले नीति तथा कार्यक्रम तयार पार्ने प्रक्रियामा महत्वपूर्ण सुझाव र सहयोग प्रदान गर्ने सम्पूर्ण नागरिक, प्रतिनिधिहरू, शिक्षक, कर्मचारी तथा सरोकारवालाप्रति आभार प्रकट गर्दै प्रस्तुत कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा निरन्तर साथ–सहयोगको अपेक्षा व्यक्त गरे।

गाउँपालिकाका अनुसार गाउँसभा सम्पन्न भएसँगै अब आगामी आर्थिक वर्षका प्राथमिकता, नीति, कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा प्रवेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *