SLF KHABAR
जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ अन्तर्गत नगौल ३ रामबन, स्कुलटोलदेखि राधाकृष्ण हुँदै जनहित उपभोक्ता समिति सिमरा सम्मको सडक विभिन्न कारणले रोकिएको अवस्थामा रहेको थियो। प्रदेशसभा सदस्य माननीय देव नारायण चौधरीको सक्रिय पहलपछि हाल रामबन क्षेत्रमा सडकको बेससहित निर्माण कार्य पुनः सुरु गरिएको छ।
निर्माण कार्यको स्थलगत अनुगमन स्वयं माननीय चौधरी, प्रदेश सचिव मनोज पौडेल, जनप्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उपस्थितिमा सम्पन्न भयो।
त्यसैगरी वडा नं. ३ द्वारा विनियोजित बजेटबाट सार्वजनिक जग्गामा तारजाली मर्मत तथा गेट निर्माण, वाल निर्माण र बाटो ढलान कार्य सम्पन्न भएको छ। यी सम्पूर्ण कार्यहरूको अनुगमन पनि जनप्रतिनिधिहरूको सहभागितामा गरियो।
साथै गणपति चौकदेखि पूर्वतर्फ नाला निर्माण कार्यको शिलान्यास समेत जनप्रतिनिधि तथा स्थानीयहरूको उपस्थितिमा गरियो। यस परियोजनाले स्थानीय पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीहरूले यस्ता विकासात्मक कार्यहरूको स्वागत गर्दै निरन्तर अनुगमन र पारदर्शिता कायम राख्न आग्रह गरेका छन्।

