जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ मा आधारभूत स्वास्थ्य चौकीको पर्खाल निर्माण कार्यको शिलान्यास

SLF KHABAR
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ मा आधारभूत स्वास्थ्य चौकीको पर्खाल निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ। बारा क्षेत्र नं. ४(क) का मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले यस कार्यको शुभारम्भ गर्नुभयो। उपभोक्ता समितिबाट रु। २५ लाखको लागतमा पर्खाल निर्माण हुनेछ भनी उनले जानकारी दिनुभयो।

प्रदेश सभा सदस्य चौधरीले शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता दिँदै आफ्नो क्षेत्रको बजेट निर्माण गरेको बताए। उनले स्वास्थ्य सुविधा सुरक्षित बनाउन आफ्नो संसदीय क्षेत्रका विभिन्न वडाहरूमा पर्खाल निर्माण गरिरहेको पनि बताए।  

 

यस कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, नेकपा (एमाले) का मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल, प्रदेश सभा सदस्य चौधरीका निजी सचिव रविन्द्र खकुरेल, वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष माया बि.कं., राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बारा अध्यक्ष जितन ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *