जीतपुरसिमरामा उत्कृष्ट शिक्षक छनोटको प्रक्रिया सुरु

रोशन गुप्ता

जीतपुर, ४ असार

“एक पालिका, एक उत्कृष्ट शिक्षकू अन्तर्गत आवेदन आमन्त्रण “

जीतपुरसिमरा उपमहानगरपालिकाले मधेश प्रदेश सरकारको “एक पालिका, एक उत्कृष्ट शिक्षक” पुरस्कार कार्यक्रम अन्तर्गत नगरभित्रका योग्य शिक्षकहरूबाट आवेदन माग गरेको छ। यसअन्तर्गत ३ जना स्थायी शिक्षक छनोट गरी मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयमा सिफारिस गरिनेछ। उपमहानगरपालिकाले आवेदकहरूलाई असार ६ गतेसम्म आवेदन दिन अनुरोध गरेको छ।

यस पुरस्कारले शिक्षण पेशाप्रति सम्मान प्रकट गर्ने, साथै शिक्षकहरूलाई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ। मन्त्रालयले सिफारिस भएका उत्कृष्ट शिक्षकहरूलाई विशेष सम्मानस्वरूप पुरस्कृत गर्नेछ। मधेश प्रदेशभरका १३६ वटा स्थानीय तहबाट प्रत्येकबाट एकजना शिक्षक छनोट हुनेछन्।

छनोट प्रक्रिया र मापदण्ड
मन्त्रालयले स्थानीय तहहरूलाई सात दिनभित्र योग्य शिक्षकको सिफारिस गर्न पत्राचार गरिसकेको छ। शिक्षक छनोटका लागि निम्न मापदण्ड तोकिएको छस्
-अध्यापन गरेको तह र विषयका विद्यार्थीहरूको अन्तिम परीक्षाको नतिजा
-शैक्षिक सत्र २०८१ मा शिक्षकको उपस्थिति
-विषयगत अनुसन्धान प्रतिवेदन
-सेवा अवधि
-शिक्षणबाहेक लिइएको अतिरिक्त जिम्मेवारी
-समुदाय, अभिभावक, विद्यालय परिवार र विद्यार्थीसँगको सम्बन्ध

यो कार्यक्रम मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१ / ८२ को योजना अनुसार संचालित छ। मन्त्रालयले असार २ गते सबै पालिकाहरूलाई पत्राचार गरी सिफारिस प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *