वडा १८ राजस्व संकलनमा अगाडि, नगौल पछाडि

SLF KHABAR
 जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक गरेको तथ्यांक अनुसार राजस्व संकलनमा वडा नं. १८ बडहर्वा सबैभन्दा अगाडि रहेको छ। उक्त वडाले १८ लाख ९१ हजार ७९५ रुपैयाँ संकलन गर्दै शीर्ष स्थान हासिल गरेको हो।

दोस्रो स्थानमा वडा नं. २ सिमरा बजार क्षेत्रले १८ लाख २४ हजार २४२ रुपैयाँ संकलन गरेको छ भने तेस्रोमा वडा नं. ९ छातापिप्राले १५ लाख ६५ हजार रुपैयाँ संकलन गरेको छ।

राजस्व संकलनको आधारमा ग्रामीण क्षेत्रका वडाहरूले शहरी क्षेत्रका वडाहरूभन्दा अग्रता लिएका छन्। उदाहरणस्वरूप, सिमरा बजारकै वडा नं. १ ले जम्मा १२ लाख ४० हजार संकलन गर्दै ११औं स्थानमा सीमित रह्यो।

वडागत संकलनमा वडा ११ अमाडार चौथो (१५ लाख ४४ हजार), वडा ८ लोसण्डा पाँचौँ (१४ लाख ३६ हजार), वडा १४ रजघट्टा छैठौँ (१३ लाख ८० हजार), वडा ३ बजनी सातौँ (१३ लाख ७३ हजार), वडा १५ डुमरवाना आठौँ (१३ लाख ५७ हजार), वडा १६ नवौँ (१३ लाख २१ हजार), र वडा १२ दशौँ स्थानमा (१२ लाख ६७ हजार) छन्।

सबैभन्दा कम राजस्व संकलन गर्ने वडा भने वडा नं. ६ नगौल रहेको छ, जसले मात्र १ लाख ७५ हजार ५७५ रुपैयाँ संकलन गरेको छ।

उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा कुल २५ करोड ७६ लाख ३४ हजार २६२ रुपैयाँ राजस्व संकलन गरिएको छ। यसमध्ये २४ वटा वडा कार्यालयहरूबाट मात्र २ करोड ७७ लाख रुपैयाँ संकलन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *