जीतपुरसिमरा उपमहानगरपालिकाका सबै ८ विषयगत समितिहरूलाई पूर्णता, संयोजक र सदस्यहरू चयन

SLF KHABAR
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका सबै आठवटा विषयगत समितिहरूलाई पूर्णता दिइएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार, २०७५ को कार्यसम्पादन नियमावलीअनुसार चालु आर्थिक वर्ष २०८२/८३ का लागि साउन १६ गते सम्पन्न ४५ औँ कार्यपालिका बैठकले समितिहरू गठन गरेको हो।

नगर प्रमुख पौडेलले समितिहरूको पूर्णतासँगै नीतिगत, विकासीय र सेवा प्रवाहसम्बन्धी कार्यहरू थप प्रभावकारी र व्यवस्थित हुने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, आठवटै समितिमा संयोजक तथा सदस्यहरूको चयन गरी कार्यक्षेत्र तोकिएको छ। समितिहरू निम्नानुसार छन्:

१. सार्वजनिक सेवा तथा क्षमता विकास समिति

संयोजक: संजय प्रसाद पटेल (वडा नं. १० अध्यक्ष)
सदस्यहरू:

  • श्यामबाबु खाँ (वडा नं. १२ अध्यक्ष)

  • पवित्रामाया कार्की (कार्यपालिका सदस्य)

  • प्रल्हाद साह सोनार


२. श्रम, उद्योग, वाणिज्य तथा रोजगार प्रवद्र्धन समिति

संयोजक: अर्जुन रसाइली विश्वकर्मा (कार्यपालिका सदस्य)
सदस्यहरू:

  • शिवशंकर महतो कोइरी (वडा नं. ८ अध्यक्ष)

  • मुस्कतीम अंसारी (वडा नं. २३ अध्यक्ष)

  • मोतीलाल राउत (वडा नं. ९ अध्यक्ष)

३. पूर्वाधार विकास समिति

संयोजक: रसुल मियाँ अंसारी (वडा नं. २० अध्यक्ष)
सदस्यहरू:

  • हेमनारायण चौधरी (वडा नं. १३ अध्यक्ष)

  • प्रभावती देवी पासवान (कार्यपालिका सदस्य)

  • माया विश्वकर्मा (वडा नं. ३ कार्यवाहक अध्यक्ष)


४. सामाजिक विकास समिति

संयोजक: चयन गुरुङ्ग (वडा नं. १४ अध्यक्ष)
सदस्यहरू:

  • सुकुमाया कुमारी तामाङ्ग (कार्यपालिका सदस्य)

  • विन्दालाल साह (वडा नं. ११ अध्यक्ष)

  • सुल्तान अंसारी (वडा नं. २४ अध्यक्ष)


५. आर्थिक विकास समिति

संयोजक: सुवास श्रेष्ठ (वडा नं. २१ अध्यक्ष)
सदस्यहरू:

  • शेखरकाजी रुम्बा (वडा नं. २२ अध्यक्ष)

  • कैमुदिन अंसारी (वडा नं. ६ अध्यक्ष)

  • शिवशंकर महतो कोइरी (वडा नं. ८ अध्यक्ष)


६. कृषि, सहकारी, भूमि व्यवस्थापन तथा गरिबी निवारण समिति

संयोजक: चतुरबाबु वाग्ले (वडा नं. १८ अध्यक्ष)
सदस्यहरू:

  • बुद्धकुमारी अधिकारी (कार्यपालिका सदस्य)

  • भिमबहादुर गंतान (वडा नं. १७ अध्यक्ष)

  • रामप्रसाद लामिछाने (वडा नं. १५ अध्यक्ष)


७. वातावरण तथा विपद् व्यवस्थापन समिति

संयोजक: धनबहादुर श्रेष्ठ (वडा नं. २ अध्यक्ष)
सदस्यहरू:

  • सुनील गुप्ता (वडा नं. ७ अध्यक्ष)

  • हिराबहादुर गुरुङ्ग (वडा नं. १ अध्यक्ष)

  • दिपेन्द्र कुमार क्षेत्री (वडा नं. १९ अध्यक्ष)


८. विधेयक समिति

संयोजक: भोज बहादुर खत्री (वडा नं. ४ अध्यक्ष)
सदस्यहरू:

  • हरिदेव खरेल (वडा नं. १६ अध्यक्ष)

  • मायादेवी चौधरी (कार्यपालिका सदस्य)

  • दिपेन्द्र चौधरी (वडा नं. ५ अध्यक्ष)


समितिहरूको पूर्णतासँगै उपमहानगरपालिकाले स्थानीय विकास, योजना निर्माण, कार्यान्वयन र अनुगमन प्रक्रियामा थप सशक्तता आउने अपेक्षा लिएको छ। नगर प्रमुख पौडेलका अनुसार, समितिहरूको सक्रिय सहभागिताबाट समावेशी र उत्तरदायी स्थानीय शासन प्रणाली सुदृढ गर्ने लक्ष्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *