SLF KHABAR
वीरगन्जस्थित सिद्धार्थ माध्यमिक विद्यालयका वरिष्ठ शिक्षक तथा सहायक प्रधानाध्यापक प्रेमीशंकर रौनियार हाल मस्तिष्कघात (Brain Hemorrhage) का कारण गम्भीर अवस्थामा उपचाररत हुनु भएको छ। जीवन–मरणको संवेदनशील घडीमा उहाँको स्वास्थ्यप्रति विद्यालय परिवार, सहकर्मी शिक्षक–कर्मचारी, विद्यार्थी तथा आमजनमानस चिन्तित बनेका छन्।
शिक्षण पेशामा जीवन समर्पित गर्दै हजारौं विद्यार्थीलाई ज्ञान, शिक्षा र संस्कार प्रदान गर्दै आउनुभएका रौनियारको शीघ्र स्वास्थ्यलाभका लागि विद्यालय परिवारले सबैलाई ईश्वरसमक्ष प्रार्थना गर्न आग्रह गरेको छ।
उपचार खर्च ठूलो बोझ बन्दै गएकोले विद्यालय परिवारले सक्दो सहयोग जुटाउने निर्णय गरेको छ भने सम्पूर्ण शुभचिन्तक, पूर्वविद्यार्थी, अभिभावक तथा समाजका दयालु हातहरूसँग आर्थिक सहयोगका लागि हार्दिक अपिल गरेको छ।


