SLF KHABAR बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, दुई नम्बर पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्माको बुधवार बिहान बाघको आक्रमणमा परी ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, शर्मा बिहान ७:३० बजे स्कुटरमा आधाभार जंगलतर्फ घाँस काट्न गएका थिए। लामो समयसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्दा जंगलमा उनको स्कुटर र घाँस भेटिएको तर उनी भने हराएका थिए।
प्रहरीलाई खबर दिएपछि नेपाली सेना र प्रहरीको संयुक्त टोलीले दिउँसो जंगलभित्र उनको शव फेला पारेको हो। शवको टाउको नभएको र बाघको आक्रमणका स्पष्ट चिन्हहरू भेटिएको प्रहरीले जनाएको छ।
खोजीका क्रममा घटनास्थल नजिकै चप्पल र रगतका टाटा समेत भेटिएका थिए।