समाजको कठोर विभेदले दुई प्रेम आत्माको अन्त्य

SLF KHABAR
लक्ष्मण पासवान र रुबीकुमारी साह दुवै निर्दोष आत्मा आज हामीसँग छैनन्। तर उनीहरूको प्रेम कहिल्यै मर्ने छैन। बाल्यकालदेखि सुरु भएको सम्बन्ध कानुनी विवाहसम्म पुगे पनि समाजले कहिल्यै सहजै स्वीकार गरेन।

१४ वर्षअघि लक्ष्मणले रुबीलाई साथ लगेका थिए। उमेर नपुगेकी रुबीका कारण ‘अपहरण’को मुद्दा लाग्यो। लक्ष्मण १७ दिन प्रहरी हिरासतमा परे, रुबीलाई परिवारले फिर्ता लग्यो। तर, सम्बन्ध त्यत्तिबेलै टुटेन। समयसँगै रुबीले अर्को विवाह गरिन्, परिवार बसालिन्, एक सानो छोराकी आमा बनिन्। लक्ष्मण रोजगारीका लागि विदेश लागे। तर, उनीहरूको मनमा पुरानो प्रेमको छायाँ भने मेटिएन।

वर्षौंपछि लक्ष्मण फर्किए। समाजले अस्वीकार गरेको त्यो सम्बन्ध फेरि जागृत भयो। आफ्ना पीडाहरू उनले सामाजिक सञ्जालमा पोख्दा धेरैले उनलाई ‘पागल प्रेमी’को संज्ञा दिए। तर वास्तविकता भने यो थियो—समाजको अस्वीकार, अधुरो प्रेम र असहज जीवनको त्रासदी।

आज दुबै जीवन समाप्त भए। तर प्रश्न भने बाँकी छ। के प्रेम अझै पनि अपराध हो? 

यस घटनाले स्पष्ट सन्देश दिएको छ। प्रेमलाई अस्वीकार गरेर, विभेदलाई संरक्षण गरेर समाज कहिल्यै अगाडि बढ्दैन। प्रेमलाई अपराध बनाउने प्रवृत्ति कहिल्यै न्यायसंगत हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *