बिरेन्द्र संघाईले जीतपुरसिमरा उपमहानगरपालिका–७ मा रहेको सार्वजनिक जग्गा भत्काएको भन्दै नगरप्रमुख राजन पौडेल, वडा नं. ७ का अध्यक्ष सुनिल गुप्ता र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीविरुद्ध क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेका थिए। तर, जिल्ला अदालतका न्यायाधीश अञ्जनराय सापकोटाको इजलासले बुधबार माग दाबी नपुग्ने निर्णय गरेको हो।
मामिलामा उपमहानगरपालिकातर्फ अधिवक्ता विद्या कटुवाल र संघाईतर्फ अधिवक्ता बालमुकुन्द खरेलले बहस गरेका थिए। यसअघि सर्वोच्च अदालतले २०७९ जेठ २३ गते ‘बिरगंज जीतपुर गौशाला’ नामक संस्थागत वा व्यक्तिगत नाममा जग्गा नहुने ठहर गर्दै उक्त जग्गालाई सार्वजनिक कायम गरेको थियो।