देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन” — मेयर बालेनको सन्देश भाइरल!

SLF KHABAR
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगलागी हुँदा महानगरले दमकल नपठाएको भन्ने आरोपप्रति प्रस्ट प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत गलत प्रचार गर्नेहरूलाई एकैसाथ सम्बोधन गर्दै भनेका छन् — “सिंहदरबार जलाइएलगत्तै दमकल पठाउने प्रयास गरिएको थियो, तर आन्दोलनकारीले बाटो रोकेपछि जान सकिएन।”

उनका अनुसार, नेपाली सेनाको दमकल पनि त्यतिबेला सिंहदरबारभित्रै रहेर काम गर्न नसकेको थियो, कारण — “हुलदङ्गाले दमकललाई काम गर्न नदिनु।” उनले स्पष्ट पारेका छन् कि भीड केही शान्त भएपछि २४ गते साँझ ८:१५ बजे काठमाडौं महानगरको दमकल घटनास्थलमा पुगेको थियो।

बालेनले महानगरसँगका दमकल संरचना र जनशक्ति विवरण पनि सार्वजनिक गरेका छन् — न्यूरोडमा २, बालाजुमा २ र रामहिटीमा १ गरी जम्मा ५ वटा दमकल सञ्चालनमा रहेको र ४४ जनाको टिमले तीन सिफ्टमा निरन्तर काम गरिरहेको उल्लेख गरेका छन्।

उनले अन्त्यमा भनेका छन्, “भदौ २३ र २४ गते काठमाडौं मात्र होइन, सिंगो देश जलिरहेको थियो। जुनसुकै संरचना जले पनि जोगाउने जिम्मेवारी हामी सबैको साझा हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *