SLF KHABAR गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबका कारण रोकिएका सबै अनुसन्धान फाइल पुनः खोल्ने घोषणा गरेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै उनले शान्ति–सुरक्षा र सुशासन कायम गर्नका लागि आगामी चुनावअघि ती फाइलहरू अनिवार्य रूपमा खोल्नुपर्ने बताए।
मन्त्री अर्यालले भने, “पोलिटिकल कनेक्सनका कारण रोकिएका वा बिथोलिएका कुनै पनि मुद्दा अब अड्किँदैनन्।” उनले थपे, “यस सरकारको म्यान्डेट सुशासन हो । सुशासनबिनाको शान्ति–सुरक्षा सम्भव छैन, र शान्ति–सुरक्षा नहुँदा ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिँदैन।”