उनले सामाजिक सञ्जालमार्फत गलत प्रचार गर्नेहरूलाई एकैसाथ सम्बोधन गर्दै भनेका छन् — “सिंहदरबार जलाइएलगत्तै दमकल पठाउने प्रयास गरिएको थियो, तर आन्दोलनकारीले बाटो रोकेपछि जान सकिएन।”
उनका अनुसार, नेपाली सेनाको दमकल पनि त्यतिबेला सिंहदरबारभित्रै रहेर काम गर्न नसकेको थियो, कारण — “हुलदङ्गाले दमकललाई काम गर्न नदिनु।” उनले स्पष्ट पारेका छन् कि भीड केही शान्त भएपछि २४ गते साँझ ८:१५ बजे काठमाडौं महानगरको दमकल घटनास्थलमा पुगेको थियो।
बालेनले महानगरसँगका दमकल संरचना र जनशक्ति विवरण पनि सार्वजनिक गरेका छन् — न्यूरोडमा २, बालाजुमा २ र रामहिटीमा १ गरी जम्मा ५ वटा दमकल सञ्चालनमा रहेको र ४४ जनाको टिमले तीन सिफ्टमा निरन्तर काम गरिरहेको उल्लेख गरेका छन्।