सम्पत्ति छानबिन आयोग गठन र नयाँ कार्यशैलीको घोषणा

SLF KHABAR
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे।

उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीलाई परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, “अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ।”

प्रचण्डका अनुसार संगठनात्मक मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक छ। उनले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म जनमुखी बनाउन लिखित सुझाव पठाउन निर्देशन समेत दिए।

बैठक सम्पन्न भएपछि माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने र तोकिएकै मितिमा निर्वाचन गराउने वातावरण पार्टीले सुनिश्चित गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *