२०६२/०६३ को जनआन्दोलनपछि भएको मधेश आन्दोलनले संघीयता, पहिचान र समावेशीता जस्ता मुद्दा संविधानसम्म पुर्याए पनि मधेशी आयोगको ताजा प्रतिवेदनले आधारभूत आवश्यकतामै मधेशी नागरिक वञ्चित रहेको तथ्य उजागर गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको २०८१/०८२ को सातौं वार्षिक प्रतिवेदनले गास, बास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षित खानेपानीजस्ता प्राथमिक आवश्यकता अझै पनि धेरै नागरिकको पहुँचबाहिर रहेको उल्लेख छ ।

