तिहारपछि सुनको भाउ तोलामा ११ हजार भन्दा बढीले घटयो

SLF KHABAR
तिहार अगाडी सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रहेको थियो । तिहार पछि सुनको भाउमा तोलाको ११ हजार ६ सय रुपैयाले घटेर हाल २ लाख ४१ ह्जार ९ सय रुपैया निर्धारण रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कात्तिक ४ गते सुनको मूल्य करिब ५ प्रतिशत घटेको थियो। असोज ३ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४३५८ अमेरिकी डलरको मूल्यमा पुगेको सुनको भाउ अहिले ४१११ डलर पुगेको छ। एक औंस बराबर २.४३ तोला हुन्छ।

 

नेपालमा भने सार्वजनिक विदाको कारण महासंघले कात्तिक ४ र त्यसपछि मूल्य समायोजन नगरेको थियो। यसले असर आइतबार मात्रै देखिएको हो। असोज ३१ गते सुनको मूल्य हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *