बुधबार (कात्तिक १९) साँझ भक्तपुरको गुन्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि उनीहरू पूर्वपार्टीमै पुनः प्रवेश गर्न सहमत भएका हुन्।
अध्यक्ष ओलीले पार्टीभित्र ‘पूर्ण सम्मान’ प्रदान गरिने आश्वासन दिएपछि आफूहरू एमाले फर्कने निर्णयमा खुलेका भएको किसान श्रेष्ठले बताए। “हाम्रो माग स्पष्ट छ— इज्जत, मान, सम्मान मिले पुग्छ। अध्यक्षले गरिदिन्छु भन्नुभयो, त्यसैपछि निर्णय पक्का भयो,” उनले मधेश संचारसँग भने।
एमालेले यही कात्तिक २४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘घर फर्क’ अभियानअन्तर्गत विशेष कार्यक्रम आयोजना गर्दैछ। श्रेष्ठका अनुसार, “हामी त्यही कार्यक्रममार्फत् पार्टीमा फर्किन्छौँ। अरू पनि धेरैजना फर्कन सक्छन्। यो फूलमाला लगाउने औपचारिकता होइन, आफ्नो घर फर्किएको घोषणा हो।”