ओलीको सम्मानको आश्वासनपछि झाँक्री–श्रेष्ठ एमाले फर्किँदै

SLF KHABAR
नेकपा (एकीकृत समाजवादी) बाट अलग भएर बनेको नेपाली कम्युनिस्ट पार्टीमा नजाने घोषणा गरेका नेताहरू   रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत अब एमालेमा फर्कने भएका छन् ।

बुधबार (कात्तिक १९) साँझ भक्तपुरको गुन्डुमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि उनीहरू पूर्वपार्टीमै पुनः प्रवेश गर्न सहमत भएका हुन्।

अध्यक्ष ओलीले पार्टीभित्र ‘पूर्ण सम्मान’ प्रदान गरिने आश्वासन दिएपछि आफूहरू एमाले फर्कने निर्णयमा खुलेका भएको किसान श्रेष्ठले बताए। “हाम्रो माग स्पष्ट छ— इज्जत, मान, सम्मान मिले पुग्छ। अध्यक्षले गरिदिन्छु भन्नुभयो, त्यसैपछि निर्णय पक्का भयो,” उनले मधेश संचारसँग भने।

एमालेले यही कात्तिक २४ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘घर फर्क’ अभियानअन्तर्गत विशेष कार्यक्रम आयोजना गर्दैछ। श्रेष्ठका अनुसार, “हामी त्यही कार्यक्रममार्फत् पार्टीमा फर्किन्छौँ। अरू पनि धेरैजना फर्कन सक्छन्। यो फूलमाला लगाउने औपचारिकता होइन, आफ्नो घर फर्किएको घोषणा हो।”

 

यसअघि बुधबार बिहान झाँक्री र श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ गठित नेपाली कम्युनिस्ट पार्टीमा समाहित नहुने घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *