“तपाईको मास्क खैई” अभियान सुरु

SLF खबर सम्वाददाता /
पाल्पा, ९ बैशाख ,
पाल्पामा तपाईको मास्क खोइ अभियान सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको आयोजनामा बिहीबारदेखि उक्त कार्यक्रम लागू भएको हो ।

पाल्पा सिमाना हुँदै अन्य जिल्लाहरुमा जाने सवारी साधनमा यात्रा गर्ने सम्पूर्ण नागरिकहरुलाई मास्क अनिवार्य हुनुपर्नेछ । मास्क नलगाउनेलाई हदै सम्मको कारवाही हुनेछ ।


उनले कोभिड १९ को संक्रमित दिनप्रतिदिन बढ्दै गएकाले अब झन सतर्कता अपनाउनु पर्ने र समुदाय स्तरमा नागरिकलाई सचेतना जोगाउनु पर्ने बेला आएको प्र.ना.नि. भरत थापाले बताएका हुन । कोरोना कोरोना भन्दा भन्दै नागरिकले सामान्य सोच बनाएका छन । यति बेला उनीहरुलाई कोरोना बारे झन सचेतना जगाउनु प्रहरी र सबै अग्रज नागरिकको भुमिका रहने पनि थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *