बिरगंजका एक युवक लागु औषध सहित पक्राउ

SLF खबर सम्वाददाता /
पर्सा, ९ बैशाख
बिरगंज महानगरपालिका–१६ स्थित रजतजयन्ती चौक बाट प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ । विहान करिब १२ः३० बजे एक युवक प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको थिए । पक्राउ परेका युवकको नाम सुरज सहनी बिरगंज महानगरपालिका–११ हरिशंकर सहनीको २१ वर्षीय छोरा रहेको छन ।


पक्राउ परेको सहनी शंकास्पदरुपमा हिडिरहेको देखेर प्रहरीले खानतालासी गर्दा लागु औषध सहित पक्राउ परेको थियो । सहनीको शरिर रीतपुर्वक खानतलासी गर्दा निजले बोकेको सेतो झोलामा लुकाइएर ल्याइएको लागु औषध डाइजेपान ७०० एम्पुल,र नुर्फिन ६०० एम्पुल गरि जम्मा १३०० एम्पुल फेला परेको थियो ।

लागु औषधी बरामद गरी सहनीलाई प्रहरी नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसुरमा अनुुसन्धान अगाडी बढाइएको जानकारी प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताएको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *